खसी र सुट गरी ७१ हजार ६ सय मूल्य  बराबरका  सामान बरामद 

लुम्बिनी पत्र । सशस्त्र प्रहरी बल गण नं. ३१ गण हेड क्वाटर बर्दियाबाट खटि गएको गस्ति टोलीले खसी र सुट गरी ७१ हजार ६ सय मूल्य  बराबरका  सामान बरामद  गरेको छ । भदाै२६ गते बर्दियाको गुलरीया नगरपालिका वार्ड नंवर  ८ परशपुरमा भारतबाट नेपाल तर्फ ल्याएको  ५ वटा खसी बरामद गरेको छ ।    बरामद गरिएको ५७ हजार ६ सय मूल्य बराबरको बेवारिसे ५ वटा खसी  आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरीया पठाईको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत ले बताउनु भयो ।  सोही गण मातहत रहेको स.प्र.बल नेपाल बि.ओ.पि. फुटाहाबाट खटिएको गस्ति टोलीले भारतबाट नेपाल तर्फ ल्याएको १४ हजार मूल्य बराबरको २० थान लेडिज सुट बरामद गरेको छ ।  बरामद गरेको सुट  आवश्यक कारवाहीको लागि छोटी भन्सार कार्यालय गुलरीया पठाईको सशस्त्र  प्रहरी उपरीक्षक रावत ले जानकरी दिनु भएको छ।