खजुराले ७६ करोड ३६ लाख ७३ हजार ४सय ८७ को बजेट पारित  गर्यो          

लुम्बिनी पत्र । खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को  लागि ७६ करोड ३६ लाख ७३ हजार ४सय ८७ को बजेट पारित गरेको छ ।  गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज बिहीबार बसेको सभाले संशोधन सहित पारित गरेको हो ।
बजेट पारित पछि प्रतिकृया दिँदै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकामा निर्वाचन ताका गरिएका १०१ बुँदा घोषणापत्रमा ६५ बुँदा पूरा भएको र अन्य कार्यान्वयनको दिशामा रहेको बताए । सभासद वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले राखेको संशोधनसहित बजेट सर्बसम्मतले पारित गरेको थियोे । बजेट छ्लफलमा सभामा सभासद अतिउल्लाह खां, देउमाया थापा, हजुरा बम, जगबहादुर कामी, झुमा योगीले भाग लिँदै सुझाव दिएका थिए ।
खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले सभा संचालन गर्दै सभासदले राखेको जिज्ञासा मेटाएका थिए ।
यसैबीच खजुरा गाउँपालिकाको सातौं गाउँ सभाले अनुगमनको भत्ता कटौती गर्दै सो रकम कृषिमा लगानी गर्ने भएको छ । ५ लाख सम्मका योजनाको अनुगमन वडा अध्यक्षको संयोजकत्वमा गरिने भएको प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के सी ले बताए ।