कार दुर्घटनामा टेलिभिजन पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु   

लुम्बिनी पत्र । कार दुर्घटनामा परेर टेलिभिजन पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ । असार १३ गते रातको अन्दाजी २३:४५ बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा न.पा. १ ड्राईभरटोल स्थित सिद्धार्थ राजमार्गमा  बुटवलबाट भैरहवा तर्फ जादै गरेको बा ७ च ६९५९ नं. को कार आफै अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किन गएको थियो।  कार ठोकिदा कार चालक जिल्ला रुपन्देही तिलोत्तमा न.पा. ६ बस्ने बर्ष २८ को कृष्णबाबु पाण्डे घाईते भई उपचारको लागि चौराह हस्पिटल कालिका नगर पठाएको  उपचारको क्रममा १४ गते १२: ४५ बजे मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।  उनको शव अहिले पोस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय बुटबलमा राखिएको छ । पत्रकारिता र कलाकारितालाई सँगै अघि बढाएका पाण्डे विगत पाँच वर्षदेखि न्युज २४ सँग जोडिएका थिए।