कांग्रेस नेता रेग्मीले जन्मदिनमा २० हजार सहयोग गरे

बर्दिया । बर्दियाको गेरूवा ४  निवासी नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमल प्रसाद रेग्मीले आफ्नो जन्मदिन फरक किसिमले मनाएका छन् । जुझारु, कर्मठ, इमान्दार युवा नेतृत्व, युवा समाजसेवी कांग्रेस जिल्ला सदस्य रेग्मील जन्मदिनको उपलक्ष्यमा दाउरा खोज्न कर्णाली नदीमा जाँदा बगेर बेपत्ता भई निधन भएका गेरुवा ४ जोधीपुरका ४४ वर्षीय बल बहादुर रोकायाका सन्तानको शिक्षा दिक्षाका लागि नगद आर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् । स्वर्गीय बल बहादुर रोकायका  चार जना छोरीहरूको माध्यमिक तहको शिक्षा पूरा गर्न रेग्मीले २० हजार सहयोग गरेका हुन् । स्वर्गीय रोकायाका घर जोधिपुर पुगी धर्मपत्नी रेवान्ता रोकायलाई रेग्मीले सो सहयोग हस्तान्तरण गरेका हुन्  । एल के जिमा अध्ययनरत ६ वर्षीय लक्ष्मी रोकाय १२ कक्षा पढ्दा सम्म मंसिर ६ गते आफ्नो जन्मदिनको हरेक वर्ष २० हजार नगद सहयोग गर्ने रेग्मीले बताए । बर्दियाको राजनैतिक,आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेको रेग्मीको सो सहयोग सबैले प्रसंशा गरेका छन्।अस्कल क्याम्पस  इकाई अध्यक्ष, नेविसंघ बर्दियाको अध्यक्ष हुँदै हाल नेपाली कांग्रेसको जिल्ला सदस्य,पदमा रही राजनैतिक क्षेत्रमा निरन्तर क्रियाशील भई सामाजिक काम गर्दै आएका  रेग्मीलेआफ्नो जन्मदिनको  विपन्न  परिवारलाई सहयोग गर्नु भएको हो ।  जन्मदिनमा हुने फजुल खर्चलाई यसरी सामाजिक काममा लगाउनु उदाहरणीय कार्य भएको नेपाली कांग्रेस गेरुवा गाउँपालिका वडा नम्बर ४ का सभापती  उमाकान्त धिताल ले बताए। नेपाल शिक्षक संघ बर्दियाका सह सचिव नारायण पौडेल ले जन्मदिनको अवसरमा फजुल खर्च नगरी गरीब, विपन्नलाई आर्थिक सहयोग गर्ने रेग्मीको कामबाट अरूले पनि प्रेरणा लिनु पर्ने बताए ।
दाउरा खोज्न कर्णाली (गेरुवा) नदी जोधीपुर रजबन्धुवा घाटमा  गेरुवा गाउँपालिका-४ निवासी ४० वर्षीय बल बहादुर रोकाया  नदीमा बगेर बेपत्ता भई भदौ २० गते मृत अवस्थामा फेला परेका थिए ।