कटुवा पेस्तोल सहित २ जना मानिस पक्राउ

लुम्बिनी पत्र । कटुवा पेस्तोल सहित २ बाँकेमा २ जना मानिस पक्राउ  परेका छन्।
असोज २० गते ३:३० बजेको समयमा जिल्ला बाँके  नरैनापुर गा.पा.५ सर्बराजपुरुवा स्थित हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्र.नि.बसन्त गौतम समेतको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जिल्ला बाँके नेपालगंज उपहानरपालिका वडा नं. २० मनिकापुर बस्ने बर्ष ६२ को सलिम नाँउ , वडा नं.१९ बासुदेबपुर बस्ने बर्ष ३३ को ईब्राहिम बेहना पक्राउ परेका हुन् ।  शंकास्पद प्लाष्टिक बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोली हेर्दा सो भित्र रहेको कटुवा पेस्तोल २ र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटवा पेस्तोमा लाग्ने गोली ५ राउण्ड फेला पारी निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताउनु भएको छ ।
मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको  ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्म जरिवाना हुन सक्ने   प्रावधान छ।