सशस्त्र प्रहरीद्वारा एकैदिनमा २ लाख ३ हजार ५ सय ९७ मूल्य बराबरका सामान  भन्सार दाखिला             

लुम्बिनी पत्र । बर्दियामा चोरी निकासी तथा तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सशक्त ढंगले अगाडि बढेको छ।
सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतको नेतृत्वमा रहेको सशस्त्र प्रहरी बल नेपाल न ३१ गण बर्दियाबाट खटिएको गस्ती टोलीले दिनहुँ जसो माल समान बरामद गरी भन्सार दाखिला गरी राजश्व वृद्धि गरेको छ। कोरोना महामारीका बावजूद नेपाल भारत सीमा क्षेत्रमा २४ सै घण्टा गस्ती गरिरहेको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्रयाउँदै गर्दाका काठ, मोबाइल ,  प्लास्टिकका समान,  सुर्ती, चुरोट बरामद गरी भन्सार दाखिला गरेको हो।  सशस्त्र प्रहरीले भाद्र २५ गते २ लाख ३ हजार ५ सय ९७ मूल्य बराबरका सामान बरामद गरी छोटी भन्सार कार्यालय र ईलाका बन् कार्यालय राजापुरमा बुझाएको छ। प्रहरीले धनौरा बाट ८६ हजार मूल्य बराबरको मोबाइल सेट ,  २ थान साइकल  सहित १७ हजार मूल्य बराबरको १० डण्डा  चुरोट र ३ हजार मूल्य बराबरको २० के जि पोलिथिन प्लास्टिक बरामद गरी भन्सार दाखिला गरेको छ। वि ओं पि राजापुर बाट खटिएको टोलिले राजापुर बाट ५७हजार ३ सय ७० मूल्य बराबरका ५७.३९ क्यू विक सिसौ र खयर बरामद गरी ईलाका वन कार्यालय राजापुरमा बुझाएको  छ । सोही ठाउँबाट ४० हजार २सय ३६ मूल्य बराबरका ७६.४८ क्यू विक सिसौ खयर बरामद गरी ईलाका वन कार्यालय राजापुरमा बुझाएको छ।