उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुल्ला

लुम्बिनी पत्र । सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर,सबै प्रकारको ढुवानी सेवा, निर्माण कार्य, नदी तथा खनिजजन्य पदार्थको उत्खनन ओसारपसार खुल्ला  गरेको छ । स्वास्थ्य, कृषि पशुपंछी सेवा  पनिखुगरिएको छ।  निजी सवारी चलाउन जोर विजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यका भित्रका सवारी साधनको हकमा उपत्यका भित्र मात्र चलाउन पाउने निर्णय गरेको छ ।  पैदल आवागमन पनि खुल्ला गरिएको छ। 
निजी सवारीमा चालक बाहेक दुईजनाले यात्र गर्न पाउन , मोटरसाइकलमा एकजना मात्र चढ्ने पाउने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए।
शिक्षण संस्थाहरुका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने, त्यस्तै सरकारी वा अन्य संध संस्थाका  कार्यालय दुई शिफ्टमा चलाइने बताए। उनका अनुसार विहान ८ देखि १ बजेसम्म पहिलो र १ देखि ६ बजेसम्म दोश्रो सिफ्ट सञ्चालन हुनेछ ।
रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने उनले जानकारी दिए ।
सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र भिडभाड गर्न नपाउने बताइएको छ । निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक रोमा एकजना मात्र राख्न पाउने र मास्क लगाएर सेनिटाइज गरेर मात्र सवारी चलाउने पाउने उनले बताए ।