अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र आवतजावत नगर्न बर्दिया प्रशासनकोे अनुरोध

लुम्बिनीपत्र । बर्दिया जिल्लामा कोरोना भाईरसको संक्रमणको दर समेत बढ्दै गएको भन्दै जिल्ला सुरक्षा समिति बर्दियाले गृह मन्त्रालयबाट जारी भएको बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्वन्धी सुरक्षा मापदण्ड, २०७७ लाई पूर्ण पालना गर्ने गराउने निर्णय गरेको छ।
समितिका अध्यक्ष बर्दियाका प्रजिअ लिलाधर अधिकारीको अध्यक्षतामा आज असार ६ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा बसेको बैठकले सो निर्णय गरेको सहायक प्रजिअ गणेशविक्रम शाहले बताए ।
जिल्ला सुरक्षासमितिको निर्णय बमोजिम सहायक प्रजिअ गणेश विक्रम शाहले जिल्ला प्रशासन कार्यालय बर्दियाबाट अत्यन्त जरूरी सूचना जारि गर्दे गृह मन्त्रालयबाट जारी भएको बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्वन्धी सुरक्षा मापदण्ड, २०७७ पालना नगरे प्रचलित कानुन बमोजिम कारवाही हने बताएका छन् ।
कोभिड १९को संक्रमण जारि रहेको हुदा सबै नागरिकले स्वास्थ्य सम्बन्धि उच्च सर्तकर्ता अपनाएर मात्र आफना नियमित काम कारवाहीहरु सञ्चालन गर्न, अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले अनुरोध गरेको छ ।
गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय बर्दियाले विवाह,ब्रतबन्ध, मृत्यु संस्कार ,चाडपर्व पुजापाठ सामाजिक दुरी कायम गरि बढिमा १५जना मात्र सामेल हुन, अत्यावश्यक काममा बाहेक राती १०जेदेखि बिहान ५बजेसम्म घरबाहीर हिडडुल नगर्न , उद्योग कलकारखाना र विकास निर्माण गर्दा १०जनाभन्दा बढि मानिस सहभागी नहुन जिल्लावासी सबैमा अनुरोध गरिएको सहायक प्रजिअ शाहले बताए।
बर्दियामा हालसम्म २६२२जनाको स्वाब संकलन गरि पी सी आर जाच गरिएकोमा १५१ जनामा कोरोना संकमण देखिएको छ । संकमित मध्ये १३ जना निको भै डिस्चार्ज गरिएको छ भने १३९ जना बिभिन्न आइसोलेशनमा उपचाररत छन् ।