अख्तियारले चारजनालाई नियन्त्रणमा लियो             

  लुम्बिनी पत्र। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा  कार्यालय प्रमुखसहित चारजनालाई नियन्त्रणमा लिएको छ । अख्तियारले नियन्त्रणमा लिएकाहरुमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्ल र सव इन्जिनियर विरेन्द्र चन्द छन् ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दैलेखको भगवतीमाई गाउँपालिका वडा नं ३ सानटडा खोला तटबन्ध निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजिकरण गर्न घुस लिएको आरोपमा चारैजनालाई पक्राउ गरिएको हो । सव इन्जिनियर विरेन्द्र चन्दलाई कार्यास्थलबाट तथा टोपेन्द्र सुन्दर मल्लको आवासबाट दुई लाख ४१ हजार १६ रुपियाँसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
घुस प्रकरणमै आयोगले सव इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई पनि नियन्त्रणमा लिएको छ । चारैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिनु भयो ।